Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
sample feature

जोखिम बस्ती व्यवस्थित गरिँदै

सुरेश सुनार

१ फाल्गुन २०७८, आईतवार

398
Share

बाढीपहिराले जोखिम बनाएको बस्तीलाई व्यवस्थित गरिने भएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले सबैभन्दा बढी जोखिमबस्ती बनेको मनाङको नासों गाउँपालिका–१स्थित तालगाउँलाई व्यवस्थापन गर्न लागिएको हो । वर्षायाम लाग्नुभन्दा अगावै जोखिम बस्तीको व्यवस्थापन गर्ने उद्देश्यका साथ पूर्व श्रमराज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ प्राविधिक टोलीसहित अनुगमन गर्न आउनुभएको थियो । उहाँले जोखिम बस्तीलाई सुरक्षित र व्यवस्थित बनाउन प्राविधिकसहित अध्ययनका लागि आएको बताउनुभयो । “यो स्थान नदी किनारमा रहेकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउन आवश्यक छ । जाडोयाम मुस्किलले कटाइए पनि जोखिम जतिबेला पनि हुनसक्ने भएकाले हामीले समयमै ध्यान पराउन जुरुरी छ,” नेता गुरुङले भन्नुभयो, “अब गर्मीयाम सुरु हुनासाथ काम गर्ने गरी अध्ययन तथा अनुगमन गर्न लागिएको हो ।”जिल्लाकै जोखिम बस्तीका बासिन्दालाई आवास निर्माणदेखि उनीहरुलाई सुरक्षित राख्न लागिपरेको उल्लेख गर्दै उहाँले समयमै सतर्कता अपनाउन जरुरी भएकाले पनि हिउँदयाम सकिनासाथ काम अगाडि बढाउने गरी लागिपरेको जानकारी दिनुभयो ।

तालगाउँका बासिन्दाले हिउँद सुरु हुनासाथ बाढीपहिरोले क्षति पराइयो घरको मर्मत गरी बस्दै आएका थिए । हिउँद लागेपछि पनि आवश्यक निर्माणका सामग्री ढुवानी गर्न सम्भव नभएकाले बाढीले क्षति पु¥याएको घरलाई मर्मत गरी बस्न उनीहरू बाध्य भएका थिए । जाडो कटाउन पुरानो घर मर्मत गरेर बसेको र अहिले यहाँ नेता र प्राविधिकले अनुगमन गरेपछि केही राहत पुग्ने अपेक्षा भएको स्थानीय आन्द्रे गुरुङले बताउनुभयो । “जाडो जसोतसो कटाउन लागेका छौं । अब मस्र्याङ्दी नदीमा बाढीपहिरो आए पनि सुरक्षित बस्न पाउछौं कि भन्ने आशा जगाएको छ,” स्थानीयवासी मीनराशी गुरुङ भन्नुभयो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले गाउँपालिका र प्रदेशबाट प्राप्त बजेटबाट तालगाउँलगायत जोखिम तथा घरबारविहीन बनेका स्थानीयवासीको आवास निर्माणका काम गर्न तयारी गरिएको बताउनुभयो । “बढी जोखिम बस्तीका बासिन्दाको आवास निर्माणका लागि सम्बन्धित स्थानीय र प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट निर्माण गरिनेछ,” उहाँले भन्नुभयो । गत असार १ गतेयता पटक–पटक परेको वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङका विभिन्न भागमा तहसनहस बनाएको थियो । यहाँका धेरै बस्तीमा बाढीपहिरोले सामुदायिक भवन तथा आवासमा क्षति पु¥याएकामा सबैभन्दा बढी क्षतिग्रस्त क्षेत्र तालगाउँलाई प्राथमिकतामा राखिएकामा स्थानीयवासीमा उत्साह थपिएको छ ।रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal