नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तनहुँको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम श्रावण १९ देखि २१ गते जिल्ला पार्टी कार्यलमा हुने बताईएको छ । प्रशिक्षण कार्यक्रमा १९ गते संगठन विभाग प्रमुख पद्मा अर्याल , २० गते पार्टीका उपमहासचिव प्रदिप ज्ञवाली, २१ गते पार्टीका केन्द्रय सचिव गोकर्ण विष्टले प्रशिक्षणे दिने नेपाल कम्यूनिष्ट पार्टी एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले जनाकारी दिनुभयो । पार्टीको विचार, सिद्धान्त र पार्टीले अवलम्वन गरेको निती कार्यक्रम कार्यकर्ता स्तरसम्म पुरयाउने उदेश्यले प्रशिक्षण गरिएको अधिकारीले बताउनुभयो । आवसीय प्रशिक्षणमा दशैवटा पालिका अध्यक्ष ,जिल्ला कमिटिका सबै सदस्य गरी ९६ जनाले प्रशिक्षण गराईनेछ, उहाँले भन्नुभयो।


साथै २५ र २६ गते पार्टी र जनप्रतिनिधीको वीचमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिने जिल्ला अध्यक्ष हरिराज कंडेलले जनाकारी दिनुभयो । उहाँले विकाश निर्माण र जनताको समस्यको सनुवाइ अघि बढाइने, परम्परागत चलेका पालिका आधुनिक प्रबिधि मैत्रि भएर कसरि अगाडी बढ्ने , जनप्रतिनिधि र पार्टी कसरी सहकार्य गरी अगाडी बढ्ने जस्ता थुप्रै बिषयमा छलफल तथा अन्तरक्रिया गरिने बताउनुभयो । पालिकको श्रोत साधन के छ कसरी परिचालन गर्ने , निर्वाचित घोषण पत्रको अधारमा कसरी संञ्चालन गर्न सकिन्छ भन्ने छलफल गरिने कंडेलले जनाकारी दिनुभयो । पार्टीले जिल्लाका मतदाताको संख्या बढाई आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउने उदेश्य रहेको छ उहाँले भन्नुभयो ।