शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका २०८१–८२को लागि १ अर्व १२ करोडको बजेट प्रस्ताव गरेको छ । पालिकाले १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कुल १ अर्व १२ करोड ९६ लाख नौ हजारको अनुमानित बजेट गरेका हुन् । संघीय सरकारबाट समानीकरण अनुदान स्वरुप १४ करोड ४६ लाख, संघीय सरकारको राजस्व बाँडफाडबाट १३ करोड १० लाख, संघीय सरकारबाट ससर्त अनुदान ६२ करोड ३६ लाख ४१ हजार, विशेष अनुदान ६० लाख, समपुरक अनुदान स्वरुप १ करोड १० लाख प्राप्त हुने नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट समानिकरण अनुदानमा २ करोड ५९ हजार, राजश्व बाँडफाँडबाट १ करोड ९६ लाख ९ हजार, समपुरक अनुदान मार्फत १ करोड प्राप्त हुदाँ नगरपालिकाले १२ करोड १० लाख आन्तरिक आम्दानी गर्ने, सडक बोर्ड नेपालबाट अनुदान स्वरुप ७० लाख र घर जग्गा रजिष्ट्रेशन मार्फत ३ करोड प्राप्त गर्ने अनुमानित बजेट नगरपालिकाका उप प्रमुख खुमबहादुर वि कले जनाकारी दिनुभयो ।