राष्ट्रिय स्वतन्त्र पार्टीको दोसो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम दमौलीमा सम्पन भएको छ । कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्वनाथ वास्तोलाको संयोजकत्वमा सम्पन भएको हो । कार्यक्रमा रास्वपा उर्जा निति कार्यदल संयोजक श्रीराम न्यौपानेले सरकारमा गएका रास्वपाका नेताहरुले राम्रो काम गर्न प्रयास गरेको बताउनुभयो । राम्रो काम गर्दा गदै काममा विभिन्न ठाँउबाट अफ्ट्यारो र बाधा पर्ने आभास पार्टीका नेताहरुले गरेको न्यौपानेले बताउनुभयो। कार्यक्रमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले छोटो समयमा पार्टीले आम जनताको म जित्न सफल भएको र अबका दिनमा पनि यसरी नै अगाडी बढ्नको लागि शुभकानमा दिनुभएको थियो । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले मिडियाबाट उदायको पार्टीले राज्यमा राष्ट्रिय ,र स्थानीय मिडियाको महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको थियो । नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले समृद्ध नेपाल बनाउन सबै पार्टीले मिलेर अगाडी बढनुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रमा रास्वपा व्यास नगर कमिटीका सभापति चुडामणि दाहालले पार्टीले दुई वर्ष अवधिमा जे जति काम गरेको छ राम्रो गरेको बताउनुभयो