तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं २ का युवा समाजसेबी एबं लेखक बिनोद कुमार बि।क ९बिकाश० को नयाँ पुस्तक विमोचन गरिएको छ । “राजनीतिक पार्टीका सदस्यहरूले ध्यान दिनुपर्ने कुराहरु” नामक पुस्तक शुक्रबार विमोचन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तनहुँको दशौँ जिल्ला अधिवेशनको अवसरमा पार्टीका महासचिव शङ्कर पोख्रेलद्धारा उक्त पुस्तक विमोजन गरिएको थियो । उक्त पुस्तकमा एमालेले गरेका त्याग तपस्य र बलिदान, लक्ष्य र कार्यक्रम, माक्र्सवाद, दर्शनशास्त्र, समाजशास्त्र, लेनिनवाद, मानब अधिकार लगाएतका बिषयमा समेटिएको छ । उनले २०७१ मा दलितको व्यवथा, २०७५ मा मानव विकासत्रम र दलित समुदाय , २०७७ मा जातिप्रथाको मारमा दलित समुदाय , २०७७ मा लोकतन्त्रमा नेपाली जनता , २०७७ मा सुनचाँदी व्यवसायको महत्त्व र चुनौती,पहिलो संस्करण , २०८० सालमा सुनचाँदी व्यवसायको महत्त्व र चुनौती, दोश्रो संस्करण लगाएतका कृतिहरू सर्वजानिक भईसकेका छन्। बिकको विभिन्न दैनिक ,साप्ताहिक ,मार्सिक र अन्य पत्रपत्रिकामा करिब ५ दर्जन भन्दा बढी लेखरचना प्रकाशित भईसकेको छ । बिनोद कुमार बि।कको प्रकाशोन्मुख कृति दलित आन्दोलन कारण र अबको कार्यदिशा रहेको छ । उनी सामाजिक कार्यमा पनि निकै सकृय छन् ।