तनहुँ १ भदौ
तनहुँको देवघाट गाउँपालिका–५ बेणीसंगम स्थित कालीगण्डकी र त्रिशुली नदीको संगमस्थलमा डुबेर मंगलबार एक रुसी नागरिक बेपत्ता भएका छन् । नेपाल भ्रमणका लागि आएका २९ बर्षीय रुसी नागरिक नुहाउने क्रममा डुबेर बेपत्ता भएको हुन् । उनको पासपोर्ट नम्बर ७५९१७६६१८ रहेको प्रहरीले जनाएको छ । खोजतलासको लागि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोलीले खोजी कार्य गरिरेहको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।