तनहुँको पुरानो सदरमुकाम पर्यटकीय सुन्दर नगरी बन्दीपुर बजार । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोर्खा र मनाङको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट विं.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसँगै बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर प्रसिद्धि छ। तस्बिर : रासस