काठमाडौँ । पहलगाम आक्रम;णको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्क;वादी अड्डाहरूमा हवाई हमला गरेको छ । 

मंगलबार राति करिब १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्र;मण गरिएको हो । 

पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । 

आक्रम;णमा परी दर्जनौँको ज्यान गएको खबरहरू आइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूले सय जनाभन्दा बढीको मृ;त्यु भएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन ।