माल्दिभ्सको राष्ट्पतिलाई कालो जादू गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरुले बताएका छन् । वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राखिएको छ , अधिकारीहरूले बताए ।
“राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ“, स्थानीय सञ्चार माध्यम आउटलेट द सनले जानकारी गरायो । मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटोना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनाको जेल सजाय हुनेछ ।