अमेरिका र चीनका रक्षा प्रमुखबीच शुक्रबार सिङ्गापुरमा दुर्लभ प्रत्यक्ष वार्ता भएको छ । वार्ताले ताइवान र अन्य समसामयिक मुद्दाहरूलाई नियन्त्रणबाहिर जानबाट रोक्न मद्दत गर्ने थप सैन्य वार्ताको आशा व्यक्त गरेको छ ।साङ्ग्रिला डायलगका क्रममा संयुक्त राज्य अमेरिकाका लोयड अस्टिन र चीनका राष्ट्रपति डोङ जुनबीच भएको भेटवार्ता १८ महिनामा दुई देशका रक्षा प्रमुखबीच भएको पहिलो प्रत्यक्ष वार्ता हो ।सिङ्गापुरमा हुने सुरक्षा सम्मेलन पूर्व डोङ र अस्टिनबीच एक विलाशी होटलमा अपराह्न १ बजेभन्दा केही समयअघि वार्ता सुरु भएको अमेरिकी प्रतिनिधिमण्डलका एक सदस्यले सञ्चारकर्मीलाई जानकारी दिए ।हालैका वर्षहरूमा अमेरिका र चीनबीचको सम्बन्धको चाप नाप्ने आधार बनेको वार्षिक मञ्चमा विश्वभरका रक्षा प्रमुख र अधिकारीहरू सहभागी हुँदैछन् ।

ताइवानमा सैन्य अभ्यास गरेको एक सातापछि र राष्ट्रपति लाइ चिङ–तेको सपथ ग्रहण र चीनले युद्ध हुने चेतावनी दिएको एक सातापछि यस वर्षको सुरक्षा सम्मेलन हुन लागेको हो ।प्रजातान्त्रिक ताइवानको विवादलाई बेइजिङले आफ्नो भूभागको समस्या मान्दछ भने विश्वका प्रमुख दुई आर्थिक प्रतिद्वन्द्वीहरू बीचको विवादको सूचीमा शीर्ष स्थानमा छ ।एशिया–प्रशान्त क्षेत्रमा विशेषगरी फिलिपिन्ससँग वासिङ्टनको गहिरो रक्षा सम्बन्ध र ताइवान क्षेत्रको समुद्र र दक्षिण चीन सागरमा युद्धपोत तथा लडाकू विमानको नियमित तैनाथीप्रति पनि बेइजिङ रुष्ट छ ।

चीनले यसलाई दशकौं लामो अमेरिकी प्रयासको एक हिस्साको रूपमा लिएको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत महिना बेइजिङ र साङ्घाईको भ्रमण गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासन र चीनले आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको तनाव कम गर्न वार्तालाई बढावा दिइरहेका छन् ।सेना–सेनाबीचको वार्ता पुनः सुरु गर्ने विषयमा मुख्य ध्यान केन्द्रित गरिएको छ ।तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सन् २०२२ मा संयुक्त राज्य अमेरिकासँग सैन्य सम्पर्क विच्छेद गरेको थियो ।सन् २०२३ मा अमेरिकी हवाई क्षेत्रमा खसालिएको कथित चिनियाँ जासुसी बेलुन, ताइवानका तत्कालीन राष्ट्रपति साई इङ–वेन र पेलोसीका उत्तराधिकारी केभिन म्याकार्थीबीच भएको भेटवार्ता र ताइपेइका लागि अमेरिकी सैन्य सहायताजस्ता विषयले वासिङ्टन र बेइजिङबीच तनाव बढाएको थियो ।गत वर्ष नोभेम्बरमा चिनियाँ नेता सी चिनफिङ र राष्ट्रपति बाइडेनबीच भएको शिखर वार्तापछि दुवै पक्ष उच्चस्तरीय सैन्य वार्ता पुनः सुरु गर्न सहमत भएका थिए ।