मध्य श्रीलङ्काको बदुल्ला जिल्लामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।सरकारद्वारा सञ्चालित बस सडकबाट १०–१५ फिट तल खसेर दुर्घटना भएको र घाइतेहरूलाई नजिकैको स्थानीय अस्पतालमा लगिएको पनि प्रहरीले जनाएको छ ।उत्तर पश्चिमी प्रान्तमा बिहीबार बस भिरबाट खस्दा दुर्घटना हुन गई एक जनाको मृत्यु तथा १८ जन घाइते भएका थिए ।