तान्जानियाले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषलाई किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध गरेको छ । योजना तथा अर्थ मन्त्रालयले आइतबार विज्ञप्ति जारी यस्तो अनुरोध गरेको हो ।जन्जिबारस्थित राष्ट्रपति कार्यालयमा वित्तीय तथा योजना राज्यमन्त्री सादा मकुयाले मोरक्कोको माराकेशमा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रकोषको २०२३ को बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो अनुरोध गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा तान्जानिया प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मकुयाले पूर्वी अफ्रिकी समुदाय, दक्षिणी अफ्रिकी विकास समुदाय तथा अफ्रिकी युनयिनलगायत विभिन्न क्षेत्रीय सङ्गठनमा कामकाजको भाषाका पमा किस्वाहिलीको प्रयोग गर्दै आएको बताउनुभयो । उहाँका अनुसार किस्वाहिली २० करोडभन्दा बढीले बोल्ने तथा विश्वमै बढी बोलिने १० भाषामध्येको एक हो ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठनको महासभाको ४१औँ सत्रले प्रत्येक वर्षको जुलाई ७ को दिनलाई किस्वाहिली भाषा दिवस घोषणा गरी किस्वाहिलीलाई पहिलो अफ्रिकी भाषाको मान्यता दिएको छ ।