बन्दीपुर गाउँपालिका वडा नं. १ ले मंगलबार सार्वजनिक सूचना मार्फत दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण बजार कुरुप भएको आलोचनाका बीच वडाले तार हटाउने पहल थालेको हो। आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र आगलागी लगायत विद्युतीय दुर्घटना कम गर्न र शहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण र व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रूपमा निर्देशन दिएको बन्दीपुर गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।
उनले अव्यवस्थित तारको गुजुल्टोका कारण बजार कुरूप बनेको, सवैसाधरण र सवारी साधनआगमनमा बाधा भएकोले १५ दिन भित्र सेवा प्रदायकलाइ व्यवस्थापन गर्न बिज्ञप्ती मार्फत नै निर्देशन दिएको बताए ।
