Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

सार्वजनिक सवारी भाडादर निर्धारण

सुरेश सुनार

६ फाल्गुन २०७८, शुक्रबार

394
Share

गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच भएको छलफलका क्रममा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै सार्वजनिक सवारीमा भाडादर निर्धारण गरेको हो । सार्वजनिक सवारीमा बसको रु ३.१० प्रतिकिमी प्रतियात्रु, सिटी बसको फ्लाग डाउन रु २० (सुरुको तीन किमीसम्म) र त्यसपछि थप रु २.५ प्रतिकिमी प्रतियात्रु, जिपको पक्की बाटोमा रु ५.५० प्रतिकिमी प्रतियात्रु र ट्रकको रु ११.७२ प्रतिकिमी प्रतिटन कायम हुने गरी निर्णय गरिएको हो ।

 

त्यसैगरी, ९+१ सिट क्षमताका सार्वजनिक जिप प्रकृतिका सवारी साधानले बाटोको इजाजत लिई २५० किमीसम्म मात्र यात्रु बोकी सञ्चालन गर्न पाउने छन् । सार्वजनिक सवारी साधन चल्ने रुट र दूरी खुल्ने गरी निर्णय भएको भाडादरअनुसार सम्बन्धित यातायात व्यवसायीले कार्यान्वयन गर्ने निर्णय भएको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश पोखराको यातायात शाखाबाट भाडादर प्रमाणित गराएपछि आधिकारिक सूचना पार्टी, सवारी साधान र टिकट काउन्टरमा टाँस गरी सर्वसाधारणलाई जानकारी गराएर यसको प्रभावकारी कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

 

कच्ची बाटोको सन्दर्भमा समितिले सिफारिस गरेको भाडादरलाई आधार लिई सम्बन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने अस्थायी मार्ग तथा भाडा निर्धारण समिति प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६ ले भाडादर निर्धारण गर्न सकिने निर्णय गरेको छ । डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुबाहक सवारी साधानले माथि तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सकिने गरी निर्णय गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशभित्र रहेका सर्वसाधारण नागरिकलाई सरल एवं सुलभ ढङ्गबाट यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारबाट ०७८ माघ ३ गतेदेखि सार्वजनिक सवारीमा लागू हुने गरी भाडादर स्वीकृत गरिसकेको उहाँले बताउनुभयो ।

 

त्यसैगरी सार्वजनिक यात्रुबाहक सवारीका चालक एवं सहचालक र सहयोगीले समेत आफ्नो परिचय खुल्ने परिचयत्र देखिने गरी प्रयोग गर्नुपर्नेछ । चालकले खरानी रङ, सहचालक र सहयोगीले रिफलेक्टेड ज्याकेट लगाएको हुनुपर्ने, चालक, सहचालक र सहयोगीले जुत्ता लगाएको हुनुपर्नेछ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी, जनआन्दोलनका अशक्त घाइतेलाई तोकिएको दरले सहुलियत दिने व्यवस्था गर्ने, सवारी साधान सफा, चम्किलो र नियमित सरसफाइ गर्नुपर्ने, यात्रुबाहक बसको छतमा हुट नराख्नेलगायतका १९ बुँदे निर्णय गरिएको छ । त्यसैगरी, सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटना पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमाको व्यवस्था गर्न तथा सवारी साधानको करको रकम असुलउपर गर्ने कार्य प्रणालीलाई व्यवस्थित गर्न, सार्वजनिक तथा भाडाका सवारी साधनले लिने भाडा समयानुकूल बनाउन तथा तोकिएका रुटमा भाडादर समयसापेक्ष निर्धारण गर्नेलगायतका निर्णय गरेको छ ।

सार्वजनिक सवारी भाडादर निर्धारण

सार्वजनिक सवारी भाडादर निर्धारण

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक भानुभक्त बराल, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका शाखा प्रमुख केदार सापकोटा, उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला, स्थानीय यातायात प्रालि कास्कीका प्रबन्धक रामचन्द्र लामिछाने, पृथ्वीराजमार्ग बस संञ्चालक कम्पनी प्रालि कास्कीका अध्यक्ष मेघराज त्रिपाठी, तनहुँ व्यासभूमि यातायात प्रालिका महासचिव पशुपतिनाथ अधिकारी, पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सेनाको सहभागिता रहेको थियो । त्यसैगरी, पोखरा फेवा यातायातका अध्यक्ष टीकाराम थापा, स्याङ्जा–गण्डकी यातायात प्रालिका कोषाध्यक्ष महेशबहादुर थापा, गण्डकी धौलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसी, धौलागिरि अञ्चल जिप व्यवसायीका अध्यक्ष विष्णुप्रसाद अधिकारी, बेगनासताल–पोखरा यातायात प्रालिका संरक्षक रवीन्द्र मोहन अधिकारी, दरौदी गोरखा यातायात प्रालिका अध्यक्ष नारायण खत्री, लमजुङ–कालिका यातायात प्रालिका अध्यक्ष कृष्णबहादुर अधिकारीलगायतको सहभागिता रहेको थियो । (रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

 भिमादमा पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

‘हाइड्रोजनमा आधारित मल कारखाना उपयुक्त’

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal