केन्द्रिय दुग्ध सहकारी सघ लि मा आबद्ध १ हजार ८ सय ७२ दुध सहकारीले एकैसाथ दुधको मुल्य बृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ । पत्रकार सम्मेलन गर्दै शुक्रबार ६४ वटौ जिल्लामा एकैसाथ दुधको मुल्य बढाउन अल्टिमेटम दिएको तनहुँ जिल्ला दुध उत्पादक संघले जानकारी दिएको छ । किसानहरुको दैनिक उपभोग्य दाना ,चोकर , पशु अहारा वृद्धि भएको तर दुधको मुल्य यथावत रहदा कृषक मारमा परेकाले दुधको मुल्य वृद्धि गर्नुपरेको तनहुँ जिल्ला दुध उत्पादक संघका अध्यक्ष अम्मर बहादुर कुँवरले बताउनुभयो ।

पौष १६ र २१ मा प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री कार्यलयमा समेत अनुरोध गर्दा मन्त्रालय गम्भीर नभएको बताउनुभयो । फागुन १ गतेबाट २० रुपयाको दरले मुल्य वृद्धि गर्ने र कृषकहरुलाई पशुपालन पेशामा आर्कषित गराई स्वदेशमै दुधलाई आत्मानिर्भर गर्ने उद्देश्य रहेको कुँवरले बताउनु भयो । सहकारीले बार्षिक अम्दानी १४ करोड ३८लाख नाफा गरेको छ । पहिला सहकारीले १४हजार पर डे दुध खपत गथ्र्यो काभिड पछि भने अहिले ४५ सयमा झरेको सहकारीले जनाकारी दिएको छ । उक्त कार्यक्रममा सहकारीका सल्हाकार तुलसीराम सापकोटाले किसानलाई सुविधा अनुदान पाउनुपर्ने अनि किसानको लागत घट्ने कुरा बताउनुभएको थियो ।