व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानेले दीर्घकालिन लक्ष्यका साथ काम गरिरहेको वताउनुभएको छ । व्यास नगरपालिका वडा नं ५ मा आयोजित निस्सा वितरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले सो कुरा वताउनुभएको हो । व्यास नगरपालिकाका जनतामा आवश्यकता धेरै भएको तर सवै पुरा गर्न नसकिदाँ त्यसले नकारात्मक धारणा गएको वताउनुभयो । नारेश्वरतालमा ताल निर्माण गर्न लागिएको, व्यास नगरपालिकाको पुरानो भवन भत्काएर नयाँ वनाउने अभियानमा पनि जुटेको नगर प्रमुख न्यौपानेले वताउनुभयो । ७५ करोड अनुदान लिएर पराशर मार्ग, माहिन्द्रीमार्ग को निर्माण कार्यलाई पनि अगाडी वढाएका छौ । खानेपानी, स्कुल लगायतको काममा पनि नगरपालिका लागिरहेको न्यौपानेले वताए ।

सानो सानो योजनामा पनि नगरपालिकामा आउने प्रवृक्तिले परनिर्भरता वढेको समेत न्यौपानेले वताए । नगरपालिकाले कुनै पनि आग्रह पुर्वाग्रह नराखी काम गरेको समेत वहाँले दावी गर्नुभयो । मानुङको विकासमा वाटो पुर्णता नभएको हुदाँ त्यसलाई समेत पुर्णता दिने गरि योजना वनेको, चिन्तुटार र परेवाडाँडा जोड्ने पुल हामी निर्वाचित भएर आएपछि त्यसलाई गति दिएको, चिन्तुटारमा औद्योगिक ग्राम वनाउन लागिएको तर हामीले मात्र गर्न नसक्ने हुदाँ त्यसका लागी केन्द्र र प्रदेशमा पहल समेत गरिएको नगर प्रमुख न्यौपानेले वताउनुभयो ।