Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

नेप्सेमा १०१ अङ्कको पहिरो

सुरेश सुनार

१ फाल्गुन २०७८, आईतवार

358
Share

बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ । आजको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार भयो । यस्तै अरुणभ्याली हाइड्रोपावर रु २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक रु २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर रु २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको रु २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए । आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयरमूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयरको मूल्य सबैभन्दा धेरै (८.३७) प्रतिशतले घटेको छ । त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

तनहुँ जलविद्युतले फेदीखोलामा पुल निर्माण गर्ने

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

Tanahun Taranga news

नेप्से परिसूचक बढ्यो

Tanahun Taranga news

झापामा फर्निचर उद्योगमा आगलागी

Tanahun Taranga news

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने

Tanahun Taranga news

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal