व्यास नगरपालिकामा देखिएको बेथिती बिरुद्द राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष मदन तिम्लिसेनाले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख प्रशासकीय अधिकृतसंग संम्बन्धित काण्डले चर्चित र देशभर बदनामा भैरहेको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ । अहिलेको २१ औ शताव्दीको जमानामा पनि जनताको करबाट चलेको नगरपालिकाका बारेमा यति विवादित कुराहरु आइरहदाँ पनि जनलाई नेतृत्व तहबाट प्रष्ट पार्ने प्रयास नगर्नुलाई हामीले जनतालाई गरेको अपमानको रुपमा बुझेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष मदन तिम्लिसेनाले बताए ।

उत ज्ञापनपत्रमा दमौली बजार र दमौली वरपरको घर भएका कर्मचारीले नगरपालिकाबाट हालसम्म लिएको घरभाडा असुरउपर गरी त्यसको हर हिसाब जनता सामु सार्वजानिक गरियोस्। कर्मचारीले आफ्नो घरमा जोडिएको इन्टरनेटको पैसा कार्यलयबाट भुक्तानी गरिरहेको खबरहरु बाहिरिएकोले त्यसको सत्य तथ्य छानबिन गरी हालसम्म तिरिएको रकम उक्त कर्मचारीबाट असुलउपर गरियोस्। व्यासमा कर्मचारी तन्त्रमा देखिने गरेको ढिलासुस्ति, मनपरितन्त्रको अन्त्यको लागि छिट्टै पहल गरियोस् उल्लेख गरिएकाे युवा संघ तनहुँका अध्यक्ष अजित पन्थले जनाकारी दिए ।