तनहुँ जिल्ला प्रहरीले विभिन्न स्थानबाट हराएका मोबाइल फेला पारी सम्बन्धी धनिलाई मोबाइल हस्तान्तरण गरेको छ । मोबाइल हराएको भनि प्रहरी कार्यलयमा निवेदनको आधारमा प्रहरीले खोजतलास गर्दा १० वटा मोबाइलहरु भेटिएको प्रहरीले जनाएको छ । स्यामसुङ, भिभो, ओप्पो, रेड्मी, रियलमी,पोको लगायत विभिन्न कम्पनीका १० वटा मोबाइलहरु सम्बन्धित धनीलाई तनहुँ जिल्ला प्रहरी उपरीक्षक राजेन्द«बाबु रेग्मीले हस्तान्तरण गरेका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाकारी दिएका छन् ।
