भोट हाल्न जादाँ नगद रु १३ हजार भन्दा बढि रकम र महत्वपूर्ण कागजतसहित पर्स हराएको छ । व्यास नं। पा वडा नं। १२ र्छिकनेमा रहेको मतदान केन्द्र अमरज्योती मा।वि मा भोट हाल्न जादाँ सोहि वडा निवासी राजु पन्थको पर्स हराएको हो । पन्थको अनुसार छिर्कने देखि मतदान केन्द्र अमरज्योति माविमा भोट हाल्न जादाँ पर्स हराएको बताएका छन् । पर्समा नगद रु १३ हजार भन्दा बढि रकम, लाईसन र अन्य महत्वपूर्ण कागजातहरु रहेको उनले बताएका छन् । उनले पर्स भेट्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यलयमा वा मोबाइल नम्बर ९८४६४०२१८७ मा सम्पर्क गरिदिनु हुन अनुरोध गरेका छन् ।