व्यास ४ स्थित कन्काई ग्लाेवल एकेडेमीले विद्यार्थीहरूलाई चुनाव अभ्यास सम्पन्न गरेकाे छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोगमा शुक्रबार स्कुलका छात्रछात्रा प्रमुख तथा सदन प्रमुख, उपप्रमुख निर्वाचन सम्पन्न गरेको हाे ।

विद्यालय उमेर र तहदेखि नै विद्यार्थीहरूलाई निर्वाचन, मतदान तथा मतदान प्रक्रिया र यसको महत्त्वको बारेमा व्यवहारिक ज्ञान दिने उद्देश्यले विगत दुई वर्षदेखि प्रजातान्त्रिक अभ्यासका माध्यमबाट “विद्यालय एवम् सदन प्रमुख तथा उपप्रमुख” छान्ने अभ्यास गर्दै आएका विद्यालयका फुटबल प्रशिक्षक सुशान्त थापाले बताउनुभयाे।विद्यालयले विभिन्न किसिमका व्यवहारिक सीप सिकाउदै आएकाे छ ।