व्यास १ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । दमौली देखि छाब्दी बाराहीको मन्दिरसम्म प्रजातन्त्र दिवसको अवसरमा फागुन १ मिनी म्याराथन दौडको आयोजना हुने भएको हो । आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास कोष, व्यास–१४ को संयुक्त आयोजनामा उक्त दौड हुन लागेको क्याम्पसका प्रमुख महाप्रसाद हद्खले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राशी र प्रमाणपत्र प्राप्त गर्ने हद्खले जनाकारी दिनुभयो । प्रतियोगितामा तनहुँ जिल्लाभरका क्याम्पस र विद्यालयका विद्यार्थीहरूले खुला प्रतिस्पर्धा हुनेछ ।छाब्दि बाराही मन्दिरको व्यापक प्रचारप्रसार गरी आन्तरिक, बाह्य एवं धार्मिक पर्यटन भित्रउने तथा युवाहरूलाई खेलप्रति आकर्षण गर्नका लागि उक्त म्याराथन दौडको आयोजना गर्न लागिएको क्याम्पसले जनाकारी दिएको छ ।
