नेशनल प्याब्सन तनहुँद्वारा आयोजित नृत्य प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको छ ।व्यास ३ स्थित खुल्ला चौरमा शुक्रवार तनहुँ जिल्ला भरका नेशनल प्याब्सन विद्यालय स्तरिय नृत्य प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितमा व्यास १ स्थित रहेको दमौली पब्लिक अंग्रेजी स्कुल प्रथम हुन सफल भएकाे छ । त्यस्तै द्वितीयमा व्यास १ लालीगुँरास विद्यासागर र व्यास १ इन्द्रेणी स्काइ बोर्डिङ स्कुल तृतिय भएको छ ।

क्रमस व्यास ४ आर्दश विद्या गृह ,व्यास १ तनहुँ ज्ञान गंगा र व्यास ५ तनहुँ ताराकुन्ज सान्तोना भएको नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालले जानकारी दिनुभयो। उहाँले बेस्ट कोरियोग्राफरमा लालीगुँरास विद्यासागर विद्यालयको शिक्षिका सुरुची रम्तेलले छनोट हुनुभएको बताउनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १६ हजार, ट्रफि र प्रमाणपत्र, द्धितिय पुरस्कार रु १२ हजार ट्रफि र प्रमाणपत्र, तृतिय पुरस्कार रु १० हजार ट्रफि र प्रमाणपत्र र सान्तोना तिन जनालाई रु ३ हजार ट्रफि र प्रमाणपत्र रहेको अध्यक्ष खनालले जनाकारी दिनुभयो । नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले रहनुभएको थियो । साे कार्यक्रममा अ जि.शिक्षक समन्नय समितिको प्रमुख उधव कटेल ,नेशनल प्याब्सनका केन्द्रीय सदस्य सन्त तामाङ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेशनल प्याब्सन तनहुँ अतिरिक्त कृयाकलाप संयोजक जयराम अधिकारीले कार्यक्रम बारे प्रष्ट पार्नु भएको थियो ।

निर्णयक मण्डलमा प्रज्ञा सभा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य राज गुरुङ र नृत्य निर्देशक साजान गुरुङ रहनुभएको थियो । उक्त कार्यक्रमकाे स्वागत मन्तव्य प्रकाश खड्काले राख्नुभएको थियो भने कार्यक्रमको संचालन नेशनल प्याब्सन तनहुँका सचिव ऋसी के.सी ले गर्नु भएको थियो । कार्यक्रममा आर्दश विद्या गृह , दमौली फिउचर स्टार बोर्डिङ स्कुल , दमौली मोडल एकेडेमी , दमौली पब्लिक अंग्रेजी स्कुल , दमौली सेकेन्डरी बोर्डिङ स्कुल , डोभन इङ्लिस बोर्डिङ स्कुल, ग्रिन स्टार इङ्लिस बोर्डिङ स्कूल, इन्द्रेणी स्काई इङ्लिस बोर्डिङ स्कुल, लालीगुराँस विद्या सागर , लर्ड बुद्ध इङ्लिस बोर्डिङ स्कुल, मोडर्न चिल्ड्रेन एकेडेमी, न्यू मनकामना इङ्लिस बोर्डिङ स्कुल , न्यू मुन्सुम एकेडेमी , न्यू भिजन इङ्लिस बोर्डिङ स्कुल , न्यू भिजन पब्लिक एकेडेमी , रामज्योति इङ्लिस बोर्डिङ स्कुल , सामुदायिक अङ्ग्रेजी विद्या मन्दिर, सतिस इङ्लिस बोर्डिङ स्कुल , तनहुँ ड्रिम ल्याण्ड एकेडेमी , तनहुँ ज्ञान गंगा इङ्लिस बोर्डिङ स्कुल , तनहुँ तारा पुजा विद्या गृह र व्यास मनकामना इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थिहरु सहभागी भएका थिए ।