तनहुँ जिल्लामा आइमिन परियोजनाको जिल्ला स्तरीय समिक्षा सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जाइकाको आर्थिक सहयोगमा संचालित आइमिन परियोजनाको समिक्षा र अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तनहुँका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजना अन्र्तगत स्थानीय स्तरमा भएका गतिविधिहरु, परियोजना अन्र्तगत बन्दिपुर गाँउपालिकामा संघन रुपमा संचालन गरिएको कृयाकलाप र अन्य पालिकाहहरुमा शैक्षिक योजना निर्माण तथा क्षमता विकासमा भएका विभिन्न अनुभवहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागिहरुले परियोजना शैक्षिक गुणस्तर सुधार गर्न परियोजना निकै महत्वपुर्ण रहेको बताएका थिए । सहभागिहरुले परियोजनलाई बन्दिपुर गाँउपालिका मात्रै नभए र सबै पालिकामा सघन रुपमा संचालन गनुपर्नेमा जोड दिएका थिए ।
जिल्ला शिक्षा समन्वय इकाई तनहुँका प्रमुख उद्ववराज कट्टेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै समन्वय प्रमुख वाग्लले प्रारम्भिक कक्षाका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने काम राम्रो रहेको बताए । परियोजनालाई सबै तहमा विस्तार गर्न प्रयास गर्ने समन्वय प्रमुख वाग्लेले बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ तनहुँका शाखा अधिकृत विश्व रेग्मीले संचालनमा तथा शाखा अधिकृत इन्द्र प्रसाद तिमलसेनाले स्वागत गरेका थिए । आइमिन परियोजनाले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरु का लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्य परियोजनाको रहेको परियोजना अधिकृत रामदिप आचार्यले बताए ।