तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ मौरी बजार स्थित पृथ्वी राजमार्ग सडक सुचारु भएको छ । अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न दुई तर्फी बाटो अबरोध भएको थियो । स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी टोली तथा स्थानियहरुको निरन्तर २ घण्टा ३० मिनेटको सक्रियतामा अबरुद्द राजमार्ग सडक पुर्ण रुपमा सुचारू भएको प्रहरी जनाएको छ
