Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

तनहुँ कारागारमा महिला बन्दीगृह

तनहुँ तरङ्ग

१६ पुष २०७८, शुक्रबार

550
Share

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह सञ्चालनमा ल्याउने तयारी थालिएको छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको छ । जिल्लामै महिला बन्दीगृह बनेपछि महिलालाई राख्न सहज हुने कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालनमा ल्याइने अधिकारीले बताउनुभयो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुगपछि चालु आवमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो । एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माणको जिम्मा पाएको छ । बीस जना क्षमताको महिला बन्दीगृह माघदेखि सञ्चालनमा ल्याउने तयारी छ । निर्माणको म्याद पुस मसान्तसम्म रहे पनि यही पुस २० गतेभित्र काम सकेर आगामी माघ १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ । “महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ, बन्दीगृह सञ्चालनमा आएपछि सहज हुन्छ”, उहाँले भन्नुभयो । कारागारको सवारी साधन नहुँदा महिला बन्दीगृहलाई अदालतबाट अन्यत्र जिल्ला लैजान पनि समस्या हुँदै आइरहेको छ । तनहुँ जिल्ला कारागारमा हाल २५८ कैदीबन्दी छन् । एक सय १५ क्षमताको कारागारमा १४४ कैदी र ११४ थुनुवा छन् । विदेश जानेलाई खोप तनहुँको व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । भिसा र राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको कार्यालयमा यही पुस १६, १८ र १९ गते खोप लगाइनेछ ।राष्ट्रिय समाचार समिति

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

देवघाटमा झोलुङ्गे पुल मर्मतको काम सुरु

तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै

Tanahun Taranga news

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

संस्कृति संरक्षण र प्रवर्द्धनमा गुरुङ समुदायको पहल

आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पस बिच अन्तरक्रिया कार्यक्रम सम्पन

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal