Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालका भवन बन्ने

सुरेश सुनार

३ फाल्गुन २०७८, मंगलवार

397
Share
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । अस्पतालले रु १४ करोड ३५ लाख खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रु चार करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नका लागि कूल रु १४ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । बजेट अभाव भएका कारण हाललाई सुरुआतमात्रै गर्न खोजिएको नेपाल नेत्रज्योति सङ्घका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनुभयो । निर्माण थालेको छ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुइँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष (अपे्रशन थिएटर) सञ्चालन हुनेछ । विसं २०४४ चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो । स्थापनाकालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगको निदान गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए । अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरङ्ग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरङ्ग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवा, चश्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवालगायत सेवा उपलब्ध रहेको धरेलले जानकारी दिनुभयो । अस्पतालले सेवा विस्तार गर्न क्रममा विभिन्न ठाउँमा शाखा तथा उपशाखा सञ्चालन गरेको छ । ठोरीको गौतमनगर, नवलपुरको कावासोती र बाराको सिम्रौनगढमा आँखा अस्पताल सञ्चालन गरेको छ । चितवनको माडी, रत्ननगर, पर्सा, चनौली, कुरिनटारमा आँखा उपचार केन्द्र रहेका छन् भने जिल्ला बाहिर धादिङको नरसिंहधाम सल्यानटार, सिन्धुलीको दुधौली, नवलपुरको हुप्सेकोट, नवलपुरकै चोरमारा र धादिङको बेनिघाटमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । भरतपुर ओरालोमा बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । ती सबै शाखा तथा उपशाखामा दैनिक करिब सातदेखि आठ सय जनासम्मले सेवा लिँदै आएका छन् । अस्पतालले केही वर्षअघिदेखि आँखा बैंकसमेत स्थापना गर्ने योजनासहित आँखाको नानी प्रत्यारोपणमा काम गर्दै आएको छ । अस्पतालकी आँखा बैंक संयोजक छाया श्रेष्ठका अनुसार हालसम्ममा ९२ जना सेवाग्राहीले आँखाको नानी फेरिइसकेका छन् । जीवित छँदै आँखा दान गरेकाहरूको मृत्युपश्चात दाहसंस्कार गर्नुपुर्व नै आँखाको नानी सङ्कलन गरेर आँखा प्रत्यारोपण गर्ने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा ८८ हजार ५९७ जनाले बहिरङ्ग सेवा र छ हजार ८०६ जनाको शल्यक्रिया गरिएको थियो । कोभिडका कारण यो सङ¬्ख्या घटेको हो । आर्थिक वर्ष २०७५÷७६ मा एक लाख ३७ हजार ५२५ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालले जनाएको छ । भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक चारदेखि पाँच सय बहिरङ्ग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ । अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै एक सय शय्या थप हुने अस्पतालका प्रशासक दयाशङ्कर चौधरीले जानकारी दिनुभयो । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी उहाँले गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्काल आधा रकम र बाँकी आगामी आवमा प्राप्त हुने गरी सुनिश्चितता गराउने उहाँको भनाइ थियो । सरकारको एक सहर एक पहिचान रूपमा भरतपुर मेडिकल सिटीका रूपमा विकास भएको भन्दै उहाँले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष एवं सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सङ्घका बागमती प्रदेश संयोजक ऋषि पौडेल, नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द, सेवा फाउण्डेशनका कन्ट्री डाइरेक्टर रामप्रसाद कँडेल, सङ्घका सहसचिव केशव अधिकारीलगायतले बोल्नुभएको थियो । (रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

 भिमादमा पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

‘हाइड्रोजनमा आधारित मल कारखाना उपयुक्त’

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal