तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिएको छ। म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता भएसँगै विहिबारबाट सञ्चालन गरिएको हो ।
यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको गाँउपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले जनाकारी दिनुभयो ।


आँखा उपचार केन्द्र सञ्चालनका लागि प्राविधिक र उपकरण हिमालय आँखा अस्पतालले र उपचार केन्द्र र सहयोगी म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको उहाँले जनाकारी दिनुभयो । सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक छ लाख उपलब्ध गराउनेछ भने बिरामीहरुबाट संकलित रकम गाउँपालिकाको आम्दानी हुनेछ।

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रुपमा सञ्चालन गर्नका लागि आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ ।