Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

बन्द फूलबारी होटेल खुलाउन प्रदेश सरकारको चासो

सुरेश सुनार

२५ माघ २०७८, मंगलवार

394
Share

पर्यटकीय नगरी पोखरामा कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो फूलबारी होटेलले । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभइ दक्षिण एशियाकै नमूना मानिन्थ्यो । मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द यो होटेल अहिले भने सुनसान छ । तत्कालीन समयमा झण्डै ४५० जनालाई रोजगारी दिएको यस होटेलमा भएको संरचना जोगाउन र कुर्नका लागि हाल सुरक्षाकर्मीसहित १६ जना कर्मचारी छन् । होटेल तथा परिसरको सरसरफाइ कार्यलाई निरन्तरता दिइएको होटेलका इञ्जिनीयरिङ विभाग प्रमुख धनराज पुरीले जानकारी दिनुभयो ।

 

सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको होटेल पुनः सञ्चालनका लागि व्यवस्थापनले पहल गरिरहे पनि कोरोना महामारीका कारण कहिलेबाट पुनःसञ्चालनमा आउँछ भन्ने यकिने हुनसकेको छैन । पुरीका अनुसार पुनः सञ्चालनका लागि न्यूनतम नौ महिनादेखि एक वर्षसम्म ममर्त तथा पुनःनिर्माणका काम लाग्ने अनुमान गरिएको छ । सन् १९९८ देखि सञ्चालनमा आएको यस होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रफलमध्ये फूलबारी होटेलकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ । होटेलमा सुविधा सम्पन्न १६५ कोठा रहेका छन् । होटल सञ्चालनको सुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो । सुरुमा लगभग पाँच वर्ष होटेल राम्रैसँग चले पनि सन् २००४ पछिका वर्ष भने सन्तोषजनक हुनसकेन ।

 

त्यसयता समय समयमा भएका जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी सशस्त्र द्वन्द्वको सुरुवात र चरमोत्कर्ष, दरबार हत्याकाण्डलगायतका घटना क्रमको असर होटेलमा पनि प्रत्यक्ष परेको थियो । यी विभिन्न समस्यासँगै खर्चालु पर्यटकको आगमन घट्दै गएसँगै प्रभावित बनिरहेको होटेलमा थपिएको मजदूर समस्याले होटेल अन्ततः बन्द हुनपुगेको हो । यसबीचमा होटेलका सञ्चालकदेखि विभिन्न समूहले व्यवस्थापनको जिम्मा लिए पनि होटेलले गति लिन सकेको थिएन । झण्डै चार अर्ब लगानी भएको यस होटेलका सञ्चालक पियुषबहादुर अमात्य हुनुहुन्छ ।

उहाँ तत्कालीन राजा वीरेन्द्रसँग निकट हुनुहुन्थ्यो । दरबार हत्याकाण्ड, देशमा द्वन्द्वको अवस्था आदिले सबै क्षेत्र प्रभावित भएसँगै होटेलको अवस्था पनि त्यही रुपमा प्रभावित भएको अनुमान गरिन्छ । पर्यटकको आगमन घट्नु, ऋण बढ्दै जानुलगायतका कारणसँगै व्यवस्थापन र मजदूरबीचको द्वन्द्वले पनि होटेल बन्द हुन पुगेको जानकार बताउछन् । पर्यटनमन्त्री कँडेलद्वारा स्थलगत अवलोकन गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले बन्द अवस्थामा रहेको फूलबारी होटेलको स्थलगत अवलोकन गर्नुभएको छ ।

 

होटेललाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारकातर्फबाट गर्न सकिन्छ कि भनेर अवलोकन गरेको उहाँले बताउनुभयो । “होटेलको पुनः सञ्चालनका लागि होटेल सञ्चालक र सरकारका तर्फबाट के के गर्न सकिन्छ त्यसका लागि छलफल गर्न हामी तयार छौं”, उहाँले भन्नुभयो, “होटेल सञ्चालनसँगै पोखरामा पर्यटकलाई गुणस्तीय सेवा प्रवाहसँगै यसबाट झण्डै साढे चार सय व्यक्तिका लागि रोजगारी पनि सिर्जना हुने देखिन्छ ।”

फूलबारी होटेल यसका लगानीकर्ताको मात्र नभइ पोखराको पनि गौरब भएको बताउनुहुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई यसलाई पुनः सञ्चालनमा ल्याउनु आवश्यक भएको धारणा राख्नुहुन्छ । ठूलो लगानीको फूलबारी होटेल बन्द हुँदा त्यसले समग्र पोखराका लागि पनि राम्रो सन्देश नदिने बताउँदै उहाँले बन्द हुनुका कारण लगायतका विषयमा समीक्षा गर्दै देखिएका समस्याको समाधान गरी पुनःसञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । फूलबारी होटेल पुनःसञ्चालनसँगै पोखरामा लगानीका अन्य वातावरण पनि सिर्जना हुने जनाउँदै उहाँले भौगालिक अवस्थिति आदि कारणबाट पनि उपयुक्त स्थानमा होटेल रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

 भिमादमा पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

‘हाइड्रोजनमा आधारित मल कारखाना उपयुक्त’

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal