पृथ्वीराजमार्गमा अन्तरगत व्यास १मुसेखाेलामा पानी हाल्ने ट्यांकरको ठक्करबाट व्यास नगरपालिका कर्मचारीकाे मुत्यु भएको छ। मुत्यु हुनेमा व्यास नपा–१२ का २९वर्षय प्रविन कैनी रहेका छन् । पृथ्वीराजमार्गमा पानी हालेर दमौली तर्फ फर्कदै गरेको बा प्र ०१–००१ अ य ००३९ नम्बरको पानी ट्याङकरले सोही दिशा तर्फ आउदै गरेको ग १९प ८३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक कैनीकाे मुत्यु भएकाे जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।कैनीको टाउकोमा गम्भीर चोट लागी घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौली ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालाई लिएर पृथ्वी राजमार्ग स्थानीयले बन्द समेत गरेका थिए।उक्त घटनाकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।
