म्याग्दे गाँउपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र नेपाल नेत्रहीन संघको प्राविधिक सहयोगमा म्याग्दे गाँउपालिकामा पुरुष ३२ र महिला ३८ गरि ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । बैशाख ९ गते देखि १९ गते सम्म प्रत्येक वडा कार्यलयमा आँखाको शिविर संचालन गर्दे आएको पालिकाले आँखामा मोतियाविन्दु समस्या देखिएको व्यक्तिहरुको उपचार गरेको हो ।
आँखा शिविरमा ७१० जना पुरुष र १२७५ जना महिलाको गरि जम्मा गरि १९८५ जनाको आँखा परिक्षण गरिएको थियो । उपचारको क्रममा ८५ जना पुरुष र १०८ जना महिला गरि कुल १९३ जनालाई मोतियाविन्दु देखिएकोे थियो । जसलाई पालिकाले आज मात्र ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको हो ।


त्यस्तै गरि शिविरमा २८ जना पुरुष र २२ जना महिलालाई चस्मा समेत वितरण गरेको छ ।
भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । पालिकाले यसअघि पनि जनलक्षित विभिन्न कार्यक्रम गर्दे आएको र यो आँखाको शिविर पनि त्यसैको प्रारुप भएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । जनताको चाहना र आवश्यकताअनुसार पालिकाले शिविर संचालन गरेको वहाँको भनाई रहेको थियो ।