तनहुँका दुबै मृगौला फेल भएका कृष्ण बिकलाई दमौलीमा रहेको दमौली मुस्लिम समाजले आर्थिक सहयोग गरेको छ । बन्दिपुर गाउँपालिका १ सिमलस्वाराका दुवै मृगौला पीडित कृष्णबहादुर वि।कको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिनाई परेको समचार पत्रकार सुरेश सेन्चुरीले तनहुँ तरङ्ग मिडिया मार्फत सार्वजनिक गरेपछी उनलाई सहयोगी व्याक्ति संस्थाहरुले आर्थिक सहयोग गर्न थालेका हुन ।
बिहिबार तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई मुस्लिम समाजका सदस्य एवं युवा अभियान्ता महमद गफारले वि।क। को उपचारमा सहयोग पुराउन नगद रु १० हजार रुपैँया सहयोग गर्नुभएको थियो । सोहि संस्थाका सदस्य सलिम मियाले नगद रु दुई हजार व्याक्तिगत रकम थप्दै जम्मा रु १२ हजार रुपैया सहयोग गर्नुभएको थियो । तनहुँको बन्दिपुर गाउँपालिका १ सिमलस्वाराका दुवै मृगौलाबाट पीडित कृष्णबहादुर वि.क। उपचारको खोजीमा रहेका छन् । आर्थिक अवस्था अत्यन्तै न्युन रहेको वि.क। उपचारको खोजीमा भौतारिएका हुन् । काठमाडौँमा डाइलासिस गराइरहेको वि।क।को उपचारका लागि ठूलै रकम लाग्ने परिवारजनले बताएका छन् ।
वि.कको दुवै मृगौलाले काम गर्न छोडेपछि परिवारजन निकै चिन्तित हुदैँ आएका छन् । श्रिमतिले मृगौला दिने भएपनी प्रत्यारोपडकोलागी समेत पैसा नभएको उनले बताए । मृगौला प्रत्यारोपडको लागि मात्र अन्दाजी रु ५ लाख भन्दा धेरै लाग्ने र हाल घरमा खाने चामलसम्म नरहेकाले उपचारमा मात्र होईन दुई छाक टर्न समेत समस्या परेको बिकले बताए । उनलाई पुर्णजीवन दिने तयारीमा परिवारजन रहेपनि प्रत्यारोपण गर्ने रकम नहुँदा सहयोगको खोजीमा छन् । वि।क। ओछ्यानमा परेपछि परिवारजनमा रुवाबासी समेत चल्दै आएको छ । बुढेसकालका बाबुआमालाई पालनपोषण गर्नुपर्ने छोरा नै ओछ्यानमा थलिएपछि परिवारजनमा रुवाबासी चलेको छ । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग वि।क। को उपचारमा सहयोग पुर्याइ दिन परिवारजनले आग्रह समेत गरेका छन् ।