मृगौँला बिरामी कृष्णबहादुर बिक लाई इनरहिल क्लबले आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष प्रमिला श्रेष्ठले बुधबार तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई रु दश हजार १ सय ९ रुपैया रकम हस्तान्तरण गर्नुभएको थियो । उहाँले यो ठुलो रकम नभएपनी उपचारका लागी आवस्यक रकममा केहि थप हुने भएकाले खुल्ला मनले उहाँलाई सहयोग गरेको बताउनुभयो ।श्रेष्ठले थोपा थोपा मिलेर सागर बन्छ भनेजस्तै हामिजस्ता धेरै संसस्थाले थोरै थोरै रकम सहयोग गर्यौ भनेपनी उहाँलाई उपचार गर्न पुग्ने रकम जुट्नसक्छ त्यसैले सबै संस्थाले मन खोलेर सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

सोहि क्रममा बोल्दै क्लबका पूर्व अध्यक्ष निर्मला मल्लले तनहुँ तरङ्ग मिडियाले सार्वजानिक गरेको मृगौला पिडितको समस्या देखेपछी मन थाम्नै नसकेर क्लबमा कुरा राखेको र क्लबका दिदिबहिनिहरु सबैले दुखमा साथ दिनु हाम्रो कर्तव्य हो सहयोग गर्नुपर्छ भन्ने निर्णय भएलगतै सहयोग गरेको बताउनुभयो ।

कार्यक्रमा क्लबका निवर्तमान अध्यक्ष शर्मिला श्रेष्ठ, पूर्व अध्यक्ष सरु श्रेष्ठ, पूर्व अध्यक्ष आशा बानियाँ, पूर्व अध्यक्ष मञ्जु थापा, उपाध्यक्ष नारायणी मल्ल, सचिव सिर्जना घिमिरे, कोषाध्यक्ष सविना श्रेष्ठ, सम्पादक सरु श्रेष्ठ, सदस्य बेन्जु श्रेष्ठ, सञ्जु जि सी लगाएतको उपस्थिति रहेको थियो ।

इनरहिल क्लब अफ दमौली २०७२ सालमा सकारात्मक सोचको थालनी स्वयम आफैबाट गर्नुपर्दछ भन्ने उदेश्यका साथ दमौलीमा सक्रिय रुपमा समाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले स्थापना गरेको संस्था हो । दमौलीमा यस संस्था सामाजिक कार्यमा निकै सकृय रहेको छ ।

मृगौला पिडित कृष्णको घरमा रुवाबासि

मृगौला पिडित कृष्णको घरमा रुवाबासि चलिरहेको छ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ का कृष्णबहादुर वि क बलिया थिए , धेरै भारी काम गर्न सक्थे तर हाल उनी बेडमा छन् । खाना नरुच्ने कोखो दुख्ने हुदाहुदै उपचारको लागी उनी अस्पताल पुगे । अस्पतालमा परिक्षण पछी उनको दुबै मृगौला खराब भएको रिपोड आयो । तेतिबेलादेखि उनको घरमा चलेको रुवाबासि अझै रोकिन सकेको छैन । पहिला अचानक बिरामि हुनाले आसु झर्यो अ‍ैले उपचार गर्ने पैसा नभएर आसु झर्यो । कृष्णले घरमा भएको रकम, साथिभाई , ईस्टमित्रसंग हारगुवार गर्दै डायलोसिस गर्दै करिब १ बर्ष बिताए । अब न भन्ने ठाउँ छ न गर्न सक्ने केहि ? डायलोसिस गर्ने मात्र नभई उनको घरमा ससाना २ छोरा श्रिमति र आमालाई खुवाउने रासनसमेत छैन । श्रिमानको रोग उपचार गर्न नसक्दा झरेको आसु घरमा साना बच्चालाई भोकै सुताउदा झरेको आसु… बिचरा ति आसु अझै ओभाउन सकेको छैन । आफैले जन्माएको छोरा बेडमा लडिरहदा आमाको आखाबाट झरेको आँसु , छोरालाई उपचार गराउन नसक्दा पिडिमा बस्दै बर बर झरेको आमाको आसु अजै रोकिएको छैन ।

श्रिमतिले मृगौला दिने भएपनी प्रत्यारोपणको लागि पैसा छैन । पैसा सम्झदा बगेको आसु , भान्सामा चुलो बल्न सकेको छैन चुलो हेर्दा झरेको आसु , छोराछोरी भोकाए आमा भोक लाग्यो भन्दै साना बच्चाको आखाबाट झरेको आसु , ३५ वर्षमा ओक्ष्यानमा थलिदा आफ्नो आखाबाट झरेको आसु । आसु आसुले झरीपरेको कृष्ण बिकको घर , रुवावासि चलेको परिवार अझै शान्त हुन सकेन । मृगौला पिडित कृष्ण बिकको घरमा चलेको रुवाबासि अझै शान्त हुन सकेको छैन…