६६औ अन्तर्राष्ट्रिय लियो दिवसको अवसरमा ट्राफिक तथा लागू दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार व्यास–४ स्थित पराशर कलेजमा सो कार्यक्रम गरिएको हो । बिद्यार्थीहरुमा ट्राफिक तथा लागू दुर्व्यसनका करण विभिन्न समस्यहरु आउने गरेकोले सचेतना आवश्यक रहेको लियो क्लब अफ तनहुँका पुर्व अध्यक्ष सरोज भण्डारीले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक चन्द्र भण्डारी सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका बारेमा सचेतनाबारे प्रकाश पर्नुभएको थियो । उक्त कार्यक्रममा क्लवकी अध्यक्ष वसन्ती थापा, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका रिजन कोर्डिनेटर लायन कृष्णहरि गैर्हे, पराशर कलेजका प्रमुख अमृत भण्डारी,जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पौडेल र १०० जना भन्दा बढि बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
