तनहुँको भिमाद नगरपालिका वडा नं ७ सितलचौपारी स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री गम्भिर घाईते भएका छन् । घाईते हुनेमा भिमाद नगरपालिका वडा नं ६ क्याम्पसरोड वस्ने ६२ वर्ष विष्णु देवी खनाल रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । गिर्दी खोलाबाट भिमाद बजार तर्फ आउदै गरेको लु ३२ प ८९८१ नम्वरको मोटरसाइकलले पैदल यात्री खनाललाई घाईते बनाएको हो । निजको भारम मेडिकल हल भिमादतनहुँमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी जिएम्सी अस्पताल पोखरा रिफर गरिएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रण लिई घटना थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ।
