डेङ्गुका विरामी बढ्न थालेपछि व्यासमा खोजौँ र नष्ट गरौँ अयिभान सुरु गरिएको छ । व्यास नगर पालिका भित्रैका दुई जनाको डेङ्गुकै कारण निधन भएपछि व्यास नगरपालिकाको पहलमा सयुक्त रुपमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु गरिएको हो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा शुक्रवार व्यास नगरपालिकाबाट ट्राफिक चोक, पूर्व पृथ्वी राजमार्ग वडा नं. ३ रवडा नं २ को मालेवगर तथा बागबजार टोल आसपासमा उक्त खोज र नष्ट गर अभियान सुरु गरिएको हो । व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख बैकुण्ठ न्यौपाने डेङ्गुका कारण धनजनको क्षति भइसकेको बताउदै नगरपालिकाले खोज र नष्ट गर कार्यक्रम सञ्चालन गरिएको चर्चा गदै विद्यालय तहसम्म यो अभियान अगाडी बढाइने र सचेत रहन आग्रह गरे ।
व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोती खोज र नष्ट गर्ने अयभान निरन्तर रुपमा अगाडी बढाईन्े बताउदै व्यास नगरपालिकाको १४ वटा वडामा नै परिपत्र गरिएको बताए ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, स्वास्थ्य शाखाका कर्मचारी व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष अनुप राना, वडा नं. ४ का वडाध्यक्ष मनबहादुर गुरुङ, नगर प्रहरी तथा नेपाल प्रहरीका जवानहरुको सयुक्त पहलमा उक्त अभियान शुक्रवार बाट सुरु गरिएको हो । जिल्लाका सबै स्थानिय तहमा खोजौँ र नष्ट गराँै अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
