तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं ४ को भिरकोटमा मंगलबार देखि एम्बुलेन्स सञ्चालमा आएको छ । ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले एम्बुलेन्स खरिदका लागि आफ्ना स्वर्गिय पिता गोपालकृष्ण श्रेष्ठ तथा माता सन्त कुमारी श्रेष्ठको स्मृतिमा ५ लाख २५ हजार सहयोग गर्नुभएको थियो । साथै उक्त एम्बुलेन्स खरिदका लागि वडा नं ४ का ६ वटा सामुदायिक बनहरुबाट प्रति वन रू १ लाख ५० हजार का दरले करिब ८ लाख र ऋषिङ्ग गाउँपालिले ८ लाख गरी कुल २० लाख २३ हजारको समुक्त लगानीमा खरिद गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले सधानको अभावले ज्यान गुमाउन नपर्ने र अबका दिनमा उपचारमा एम्बुलेन्सले सहयोग गर्ने बताउनुभयो । कार्यक्रमा गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा,प्रमुख प्रशासीकय अधिकृत चिन बहादुर रानाभाट ,वडा नं ४ का पूर्व अध्यक्ष भोजराज रानाभाट,वन उपभोक्ता समितीका पदाधिकारीहरु लगाएत स्थानियहरुको उपस्थित रहेको थियो ।