जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गरेको छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएको हो ।



तालिमका लागि तनहुँको व्यास नगरपालिका–५ पाटन खेलमैदानमा, इलाका प्रहरी कार्यालय बेलचौताराको बेलचौतारा खेलमैदानमा, इलाका प्रहरी कार्यालय भानुको गोठेटार खेलमैदानमा ,इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा र इलाका प्रहरी कार्यालय बन्दीपुरको बन्दीपुरमा तालिम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख टेक बहादुर कार्कीले जनाकारी दिनुभयो ।


कार्यालयले एक हजार ५ सय ७३ निर्वाचन प्रहरी भर्ना गर्न गरेको उहाँले बताउनुभयो । साथै १ सय ९६ जनालाई वैकल्पिक सूचीमा राखेकोलाई स्याङ्जा पठाउने तयारी गरिएको कार्कीले बताउनुभयो । निर्वाचनमा निर्वाचन प्रहरी सँगै करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ ।








