तनहुँको पर्यटकीय स्थल बन्दिपुरमा नेपथ्यको लाईभ कन्सर्ट हुने भएको छ । निको इभेन्टको आयोजनामा अगामी फागुन २ गते भ्यालेन्टाईन डे को अवसरमा सो कन्सर्ट हुन लागेको हो ।
बन्दिपुरको पर्यटन प्रबन्धन गर्ने उदेश्यले नेपालकै बहुचर्चित सांगीतिक कार्यक्रम आयोजना गरेको सचिवलय सदस्य सुनिल श्रेष्ठले जनाकारी दिनुभयो । कार्यक्रमलाई मर्यादित ,व्यवस्थित बनाउन सचिवालय गठन गरिएको छ । सचिवालयले व्यवस्थापन,सुरक्षा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन लगाएको जिम्मेवारी दिएको श्रेष्ठले बताउनुभयो । उक्त लाईभ कन्सर्ट बन्दिपुरको टुडिखेलमा हुने आयोजकले जनाएको छ ।
टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन् ।
डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था रहेको छ ।