राष्ट्रिय वाणिज्य बैँक दमौली शाखाको ६१ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । शनिबार दमौलीको कार्यलयमा एक कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा बैँकमा निरन्तर रुपमा कारोबार गरेका ग्राहकहरुलाई सम्मान तथा अन्तरक्रिया समेत गरिएको थियो । २०७२ सालमा दमौली शाखा स्थापना भई हाल प्रतिस्पर्धी बजारमा उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको शाखाका प्रबन्ध तोरण विश्कर्माले जनाकारी दिनुभयो । दमौली शाखा कर्जा,निक्षेप,डिजिटल बैकिङ्ग,निष्कृय कर्जा सन्तोषजनक रहेको उहाँले जनाकारी दिनुभयो ।
उक्त कार्यक्रममा बैकका कर्मचारीहरु, सेवाग्राही लगाएको उपस्थित रहेको थियो । सो कार्यक्रम संचालन बैँकका कर्मचारी विपिन वाग्लेले गर्नुभएको थियो ।





