राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वाग्लेलाई उम्मेदवारका रूपमा अघि सारिएको हो ।
यसअघि डा वाग्ले तनहुँ–१ बाट भएको उपनिर्वाचनमा विजयी बन्नु भएको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा डा वाग्लेले नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।