तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको ह;त्या प्रक;रणमा एक जना पक्रा;उ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृ;ता;वस्थामा फे;ला परेका थिए ।

उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्रा;उ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्रा;उ परेकाले ह;त्या स्वी;कार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्रा;उ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।

मृ;त भेटि;एका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सना;खत भएको छ भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।