खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको आयोजनामा जि।पी। कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रमा नसर्ने रोगहरुको न्यूनीकरणको लागि खाने बानीमा सुधार गर्ने सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा।रामकुमार श्रेष्ठले बदलिँदो जीवनशैलीका कारण  पछिल्ला वर्षहरूमा नसर्ने रोगका बिरामी बढ्दै गएको बताउदै असल खानपानमा सबैले ख्याल पु¥याउनुपर्नेमा जोड दिए । उनले रोग लागेपछि उपचार गर्नेतर्फ मात्रै ध्यान दिने कार्यक्रमभन्दा रोग लाग्नै नदिने उपायतर्फ जान सके समय र पैसाको बचत हुने उल्लेख गरे । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले  नेपाल सरकारले नसर्ने रोगहरू हृदयरोग, मधुमेह, क्यान्सर र श्वासप्रश्वास लगायतको न्यूनीकरणका लागि बहुक्षेत्रीय र प्राथमिक स्वास्थ्य सेवा केन्द्रित प्रयासहरू गरेको जानकारी दिए । 
डिभिजन प्रमुख ज्योति आचार्यले नसर्ने रोगहरू मुटुरोग, मधुमेह, उच्च रक्तचाप र क्यान्सरलाई न्यूनीकरण गर्न खाने बानीमा सन्तुलित र स्वस्थ परिवर्तन आवश्यक पर्ने बताए ।  ‘अस्वस्थ खानपानले यी रोगको जोखिम बढाउँछ, तर प्राकृतिक र पौष्टिक आहारले यसलाई रोक्न सकिन्छ, उनले थपे, ‘मुख्यरुपमा चिनी र चिल्लो थप गरिएका खानेकुरामा ध्यान दिनुपर्छ ।’ 
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डि।बी थापा, अस्पतालका प्रशासन प्रमुख प्रदिप पौडेल, नर्सीङ अधिकृत कविता पौडेल, परिवार नियोजन निरीक्षक सुदीप कँडेलसँगै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही, क्यान्टीन सञ्चालक लगायतको सहभागिता रहेको थियो ।