तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको समितिको सभापतिमा शेषराज श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यही पौष २२ गते इकाईको १३ औँ अधिवेशनमा श्रेष्ठले उम्मेदवारी दिनुभएको हो ।
लामो समय देखि व्यवसायी गर्दै आउनुभएको श्रेष्ठले व्यवसायीहरुको भवना बुझेर सभापतिको उम्मेदवारी दिएको बताउनुभयो । उहाँले संघलाई अगामी दिनमा अगाडी बढाउन आफुसँग संघ भित्र काम गरेको अनुभव रहेको बताउनुभयो । श्रेष्ठले आफ्नो जित निश्चित रहेको दावी समेत गर्नुभएको छ।
श्रेष्ठ हाल कार्यबाहक सभापति, दुई कार्यकाल कार्यसमिति सदस्य लगाएत विभिन्न संघसंस्थाका काम गरिसक्नुभएको छ ।