तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको समितिको सभापतिमा अन्जु दाहालले उम्मेदवारी दिनुभएको छ । यही पौष २२ गते इकाईको ३० औ वार्षिक साधारण तथा १३ औँ अधिवेशनमा दाहालले उम्मेदवारी दिनुभएको हो ।
महिला पनि सभापति भएर संस्थालाई अगाडी बढाउन सक्ने क्षमता आफुमा रहेको दाहाल बताउनुहुन्छ । दाहालका अनुसार आफ्नो उम्मेदवारले महिला व्यवसायीहरूको क्षमता बढाउन र उनीहरूलाई आर्थिक रूपमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याइने छ। उहाँ भन्नुहुन्छ अगामी दिनमा व्यवसायीहरुको हितको लागि काम गर्नेछु र पहिलो महिला सभापति बन्ने ढुक्क रहेको छु । दाहाल यस अघि संघको सचिव रहदा व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने गरेको र सबै व्यवसायीहरूले आफुलाई सहयोग गर्ने दावी समेत गर्नुभयो।
दाहाल संस्थामा मात्र नभई विभिन्न सामाजिक कार्यमा समेत निकै सक्रिय रहदै आउनुभएको छ ।





