तनहुँको दमौली स्थित प्रदेश अस्पताल दमौलीमा रेडियोलोजिष्ट र भु्रण परीक्षण सेवा सुरु गरिएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै अस्पतालले सेवा बिस्तार गर्दै आएको हो । बिहान देखि दिउँसो २ बजेसम्म निशुल्क रुपमा सेवा लिन सकिने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । उक्त अवधि पश्चात सेवा लिन चाहने बिरामीले २ बजेदेखि ५ बजेसम्म रु।तीन सय शुल्क तिरेर बिशेषज्ञ चिकित्सकबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसरी शुल्कबाट संकलन भएको रकम अस्पतालको आन्तरिक आम्दानीमा समावेश गर्ने गरिएको छ । अस्पतालमा हाल सर्जरी,गाइनोलोजिष्ट,हाडजोर्नी तथा नसा,बालरोग सेवा रहेको छ । प्रदेश सरकारको स्थानीयस्तरमा बिशेषज्ञ स्वास्थ्य सेवा अन्र्तगत व्यास नगरपालिका,म्याग्दे लगायतका पालिकाहरुमा महिलाहरुको आड खस्ने र पाठेघर मुखको क्यान्सर परीक्षण कार्य अघि बढाइएको छ ।