राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति तनहुँको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दे सो कार्यक्रम बारे जनाकारी गराइएको हो ।
आगामी पौष १९ गते व्यास ३ अन्सन चौतारीमा बृहत रक्तदान कार्यक्रम हुने समितिका अध्यक्ष विश्व बुढा परियारले जनाकारी दिनुभयो। उहाँका अनुसार रगतको अभावका कारण हुने मृत्युलाई न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरेका हौँ । रक्तदान कार्यक्रममा सम्पुर्ण जिल्लावासीहरुलाई सहभागी हुन आग्रह गरिएको परियारले बताउनुभयो ।
उक्त पत्रकार सम्मेलन प्रतिष्ठानका कार्य समिति पदधिकारीहरु , विभिन्न संञ्चार माध्यमा कार्यरत पत्रकारहरु लगाएतको उपस्थित रहेको थियो ।







