इनरह्विल क्लब अफ दमौलीको आयोजनामा महिलाहरुको पाठेघर मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।शनिबार व्यास ४ स्थित रन्तहरि मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य परिक्षण सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले उद्वघाटन गर्नुभएको थियो ।सो अवसरमा बोल्दै गुरुङले महिलाहरूले खोलेको क्लवले महिलाहरूलाई नै बढी प्रथामिता दिएर विभिन्न कार्यक्रम गरेको देख्दा खुसी लागेको बताउनुभयो ।

रत्नहरि मेमोरियल हस्पिटलका संन्चालक समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठ क्लवले स्थापाना काल देखि नै महत्त्वपूर्ण काम गरेको बताउनुभयो । क्लवकी पुर्व अध्यक्ष निर्मला मल्लले पाठेघरको क्यान्सरका कारण कतिपय महिलाहरुले आफ्नो अकालमा ज्यान गुमाउनु परेकाले समयमा यसको उपचार गरे निको हुने भएकाले शिविर गरेको बताउनुभयो । कार्यक्रममा वडा नं २का अध्यक्ष काशीराम श्रेष्ठ , बिनु श्रेष्ठ लगाएतले क्लवले समाजमा उत्कृष्ट र सकरात्मक कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा थप सफलताको शुभकामना दिनुभएको थियो ।

उक्त शिविरमा २ सय भन्दा बढी महिलाहरूले स्वास्थ्य परिक्षण गरेको क्लवका अध्यक्ष सृजना घिमिरेले जनाकारी दिनुभयो ।शिविरमा डा दिनेश शर्मा र डा बविता पौडेल,डाएलिजा भटराईले परिक्षण गर्नुभएको थियो ।