महिला उद्यमी संघ नेपाल तनहुँ शाखा नेपालभरमै ७७ जिल्ला मध्ये तेस्रो हुन सफल भएको छ । आइताबार र सोमबार सम्पन्न महासंघको २२औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनको अवसरमा महिला उद्यमी संघ, तनहु तेस्रो हुन सफल भएको हो । । सो कार्यक्रमा महासङ्घ अध्यक्ष शोभा ज्ञवालीले तनहुँ शाखाकी अध्यक्ष निर्मला मल्ल लगाएत टिमलाई प्रमाणपत्र ,नगत रु सात हजार रुपैयाँ सहित सम्मान प्रदान गर्नुभएको थियो। महिला उद्यमी संघ नेपाल तनहुँ शाखाले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तिकरणको क्षेत्रमा निरन्तर, उदाहरणीय र प्रेरणादायी योगदान पुर्‍याएकाले उत्कृष्टमा परेको हो ।
संघकी अध्यक्ष निर्माला मल्लले यो सम्मानले थप हौसला मिलेको बताउनुभयो ।