भानु नगरपालिकाको आयोजनामा सोमबार एकदिने शिक्षक मेन्टरिङ् सम्बन्धी एक दिवसीय सरोकारवालाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा भानु नगरपालिकामा आधारभूत तहमा कार्यरत नवप्रवेशी शिक्षक, सम्बन्धित विद्यालयका प्रअ र शिक्षक मेन्टरहरूको सहभागिता रहेको थियो ।

शिक्षण सेवामा नवप्रवेशी शिक्षकहरूलाई पेशागत सहयोग प्रदान गरी दक्ष शिक्षक बनाउने र अन्ततोगतवा शैक्षिक गुणस्तर अभिवृध्दि गर्ने उद्देशले संघीय सशर्त कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सम्पुर्ण सहभागीलाई स्वागत गर्नुहुँदै उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । गोष्ठीलाई शिक्षक मन्टर ९प्रशिक्षक० श्री ज्ञानेन्द्र पण्डितले सहजीकरण गर्नुभएको थियो ।
यस कार्यक्रमका लागिMentor ले Metee शिक्षकलाई गर्ने पेशागत सहयोग, कक्षा अवलोकन, छलफल, पृष्ठपोषण, आवश्यकतानुसार नमूना पाठ प्रदर्शन, शिक्षक सञ्जाल निर्माण, छलफल तथा निर्णय र मार्गदर्शनका लागि एउटा अलग्गै यापको विकास गरिएको छ जसमा मेन्टरले आँफूले गरेका क्रियाकलाप अपडेट गर्नासाथ केन्द्रमा रिपोर्टिङ् हुन्छ । यसको चक्र पुरा हुन छ महिनाको समय आवश्यक पर्दछ । यस अवधिमा मेन्टरले एकजना मेन्टीको ११ वटा कक्षा अवलोकन गर्नुपर्दछ । आजै भानुका ६ जना मेन्टरहरू ९ज्ञानेन्द्र पण्डित, हिरामणी ढुङ्गाना, गोविन्दप्रसाद भट्टराई, उपेन्द्र विष्ट, रिदय भट्ट र सन्तोष खड्का०ले कार्य विभाजन गरी आधारभूत तहका २९ जना शिक्षकहरूलाई मेन्टरिङ् गर्ने कार्ययोजना समेत निर्माण गर्नुभएको छ ।